किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

Image

बागमती प्रदेशमा अन्तत: अध्यक्ष केपी शर्मा ओलीको योजना सफल भएको छ।

नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको बैठकले मंगलबार प्रदेश सभा सदस्य किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। मंगलबार दिउँसो बसेको संसदीय दलको बैठकले भक्तपुरका सांसद थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। बैठकले संसदीय दलका नेतामा भने सांसद जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।

अध्यक्ष ओली र सचिव महेश बस्नेतसहितले थपलियालाई रोकेर थापालाई मुख्यमन्त्री बनाउन चाहेका थिए । त्यहीअनुसार थापाको पक्षमा १४ जना सांसदको हस्ताक्षर गराइएको थियो।

बागमतीमा एमालेका २५ जना सांसद छन् । तर नेकपाले साथ दिँदा पनि एमालेलाई बहुमत पुग्दैन। अब त्यहाँ थापालाई मुख्यमन्त्री बन्न राप्रपाका कम्तीमा ६ सांसदको साथ चाहिन्छ।