रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव भेटिएको छ ।। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव भेटिएको परेको हो। उनले भने, ‘अहिलेसम्म ७ वटा शव भेटिएको छ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव भेटिएको छ।
उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताए। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताए।











