नेप्से सामान्य अंकले वृद्धि, कारोबार तीन अर्ब ४६ करोडमाथि

Image

साताको चौथो कारोबार दिन बिहीबार (भदौ १८) नेप्से सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.६६ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २५४२.७७ विन्दुमा बन्द भएको हो । बुधबार (भदौ १७) नेप्से परिसूचक १५.४४ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २५३८.११ विन्दुमा बन्द भएको थियो । 

यस दिन लगानीकर्ताले कुल तीन अर्ब ४६ करोड ५२ लाख एक हजार रुपैयाँको कारोबार गरेका छन् । अघिल्लो दिन दुई अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबार एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ४० हजार ६९२ पटक कारोबार भयो । कुल ३४६ कम्पनीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१४५ कम्पनीको सेयर मूल्य बढेको छ । १२३ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर छ । सबैभन्दा बढी कमाउने तीन कम्पनीमा विन नेपाल लघुवित्त, चिर्ख्वा हाइड्रोपावर र आशा लघुवित्त छन् । सबैभन्दा बढी गुमाउनेमा पियोर इनर्जी,, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्स छन् ।

नेप्से उपसमूहका फाइनान्स इन्डेक्स, हाइड्रोपावर, निर्जीवन बिमा कम्पनी र अरू सूचकको सेयर मूल्य घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ ।