साउदी अरबले नेपाललाई दियो मानवीय सहायता सामग्री

Image
सहायता सामग्री हस्तान्तरणः काठमाडौँ, २२ असोजः नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिर बिहीबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री हस्तान्तरण गर्नुहुँदै । तस्बिर सौजन्यः साउदी दूतावास/रासस

साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।

साउदी अरबले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे।

मन्त्री पुनले सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए। 

केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोसी बाढीपीडितलाई वितरण गर्ने काठमाडाैँस्थित साउदी राजदूतावासले जनाएको छ।