राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

Image

 राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मङ्गलवार दुई अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार जारी गरिएका अध्यादेशहरूमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस बमोजिम संविधानको व्यवस्था अनुसार यी अध्यादेशहरू जारी गरिएका हुन् ।