एनपीएलको रोमाञ्च बढाउन एक्स्ट्रीमले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रीम एन्थम’

Image

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको जोश र संगीतको ऊर्जालाई जोड्ने उद्देश्यसहित ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । क्रिकेटप्रेमी, खेलाडी र समर्थकको उत्साहलाई सांगीतिक लयमा प्रस्तुत गरिएको यस एन्थमले एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

एनपीएल सुरु हुनुअघि सार्वजनिक गरिएको एन्थमले मैदानमा खेलाडीबीच हुने प्रतिस्पर्धा, हरेक चौका–छक्कामा दर्शकले व्यक्त गर्ने खुसी र आफ्नो टोलीको जितका लागि समर्थकले देखाउने उत्साहलाई संगीतमार्फत प्रस्तुत गरेको छ । क्रिकेटलाई खेलमा मात्र सीमित नराखी खेलाडी र समर्थकलाई एउटै उत्सवमा जोड्ने प्रयासका रूपमा कम्पनीले यस सांगीतिक प्रस्तुति ल्याएको हो ।

‘एक्स्ट्रीम एन्थम’ मा युनिक पोयट नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ । ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन् भने गीतको निर्माण एनएफटीपी टिमले गरेको हो ।

एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा ब्रान्डको लोगो रहने गरी प्रायोजन साझेदारी गरेको कम्पनीले जनाएको छ ।

क्रिकेट र संगीत दुवैप्रति आकर्षित युवा पुस्तालाई लक्षित गरी तयार गरिएको एन्थमले खेलको प्रतिस्पर्धात्मक भावना, टोलीप्रतिको समर्थन र जितको चाहनालाई सांगीतिक अभिव्यक्ति दिएको छ । खेलाडीको प्रदर्शनले मैदानमा सिर्जना गर्ने रोमाञ्च र समर्थकको हुटिङले थप्ने ऊर्जा समेट्दै यसले एनपीएलको उत्सवलाई मैदानबाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ ।

एक्स्ट्रीम इनर्जी ड्रिङ्कका लागि ‘एक्स्ट्रीम एन्थम’ ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित सांगीतिक प्रस्तुति नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक पहलसमेत हो । खेलप्रतिको साझा लगाव र संगीतले सिर्जना गर्ने उत्साहमार्फत क्रिकेटप्रेमीसँगको सम्बन्ध थप सुदृढ बनाउने कम्पनीको लक्ष्य छ ।

‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब च्यानल तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।