श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

Image

श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन्। 

तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन्।

रत्नायकेले श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले छ विकेट लिएका छन् । ब्याटिङमा ७७ रन बनाए । उनको टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन् ।

यसै क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो । उनले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन्। 

प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रत्नायकेले ३७८ विकेट लिएको छ, भने एक हजार ९२३ रन बनाएका छन् ।  त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन्