गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’मा कांग्रेस र माओवादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको थियो ।











