सर्लाहीको धनकौलमा अझै सुरु हुन सकेन मतदान

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर– २ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए । यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन ।