बझाङको जयपृथ्वीमा झडप, मतपत्र च्यातियो

बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडप भएको हो । झवडका क्रममा केही मतपत्र च्यातिएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । त्यहाँको अवस्था अहिले तनावग्रस्त छ ।