गोरखा । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीचको विवादका कारण गोरखाको गण्डकी गाउँपालिका–६ को बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको छ ।
गण्डकी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेवले भने, ‘आधा घण्टा जति भयो मतदान रोकिएको, सर्वदलीय बैठक बसेर अब पुनः मतदान सुरु गर्छौं ।’
माओवादी कार्यकर्ताले लाठी लिएर आएको विषयमा दुई पार्टीबीच विवाद भएपछि केही समयलाई मतदान प्रक्रिया स्थगित गरिएको हो ।











