मिथिला नगरपालिकामा मतदान प्रक्रिया पुनः सुरु

धनुषाको मिथिला नगरपालिका–९ स्थित सार्वजनिक माविको मतदान केन्द्रका पुनः मतदान प्रक्रिया सुरु भएको छ ।

मतदानमा खटिएका कर्मचारी किरण सिंहले मतपत्रमा आफैं छाप हानेको भन्दै विवाद भएपछि केही बेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।

निर्वाचन अधिकृत दीपक धितालका अनुसार केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । यद्यपि उनले कर्मचारीले छाप हानेकोबारे आफूलाई जानकारीमा नआएको बताए ।