चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहाल र एमाले–राप्रपाबिच कडा टक्कर देखिएको छ । अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन् ।
यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत ल्याएका छन्।
अहिले रेनु ६७ मतान्तार अघि छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ५ सय ४२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छन्।











