बाबुराम भट्टराईको गृह नगरमा माओवादी विजयी

जनता समानवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित निर्वाचित भएकी छिन् ।
उनले निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।