धरान उपमहानगरपालिकामा लौरोको अग्रता कायमै, पछ्याउँदै गठबन्धन

सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा शुरुदेखि नै अग्रता लिइरहेको स्वतन्त्र उम्मेदवार लौरो चिन्हवाहक हर्क साङपाङले मत अन्तर फराकिलो बनाउँदै गएका छन् ।

पछिल्लो गणना अनुसार लौरो ८ हजार ६६ मतसहित अग्रस्थानमा छ । गठबन्धनका किशोर राई ८ हजार ४१५ मतसहित लौरोलाई पछ्याउँदै छन् भने एमालेकी मन्जु भडारी ६ हजार ८९५ मतका साथ निकै तल छिन् ।

उपमेयरमा भने गठबन्धन र एमालेको प्रतिस्पर्धा देखिन्छ । गठबन्धनका उम्मेदवारले ९ हजार ५२० मत पाउँदा एमालेका उम्मेदवारले ९ हजार १६२ मतसहित पछ्याइरहेका छन् ।

अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना जारी रहेको छ ।