काकालाई हराउँदै भतिज बने वडाध्यक्ष

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा वडा नम्बर ३ मा आफ्नै काकालाई हराएर भतिज वडा अध्यक्ष बनेका छन् । नेपाली काँग्रेसबाट कटहरिया ३ का वडा अध्यक्षका उमेदवार काका उमेश यादवलाई १४० मतको अन्तरले पराजित गरी नेकपा एमालेका श्यामाकान्त यादव वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

एमालेका उम्मेदवार श्यामाकान्त पुरै प्यानलसहित विजयी भए । श्यामाकान्तले ७ सय २७ मत प्राप्त गरेका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष तथा उम्मेदवार उमेश यादवले ५८७ मत प्राप्त गरेका थिए । एमाले बाट वडा सदस्यहरूमा सीता देवि पटेल, रामअज्ञा साह सोनार,दिलिप साह तेली,कान्ति देवि पासवान विजयी भएका छन्। नवनिर्वाचित वडा अध्यक्ष श्यामाकान्त उमेशका आफ्नै दाइका छोरा हुन् ।