अर्घाखाँचीमा ६ मध्ये तीन पालिका जित्दै नेकपा एमाले ठूलो दल बनेको छ। अघिल्लो स्थानीय निर्वाचनमा एउटा मात्र पालिका जितेको एमालेले यसपटक कांग्रेसबाट दुई वटा पालिका खोसेको छ।
तीन नगरपालिका र तीन गाउँपालिका रहेको यस जिल्लामा कांग्रेसले दुई पालिकामा मात्र जित हात पारेको छ। कांग्रेसले छत्रदेव गाउँपालिका र सितगंगा नगरपालिका जितेको हो। एमालेले पाणिनी र मालारानी गाउँपालिका र सन्धीखर्च नगरपालिका जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले प्रमुखमा कुनै सिट जितेन भने माओवादी केन्द्रले भुमिकास्थान नगरको उपमेयर जितेको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ४ पालिका जितेको थियो। तर यस पटक दुई स्थान गुमाएको छ। यसअघि छत्रदेव, पाणिनी, सन्धीखर्च र सितगंगा जितेको थियो। माओवादी केन्द्रले भुमिकास्थान र एमालले मालारानीमात्र जितेका थिए।