गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार रीता देवकोटा विजयी भएका छन् । सिरानचोक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहपालिकासमेत हो ।
गुरुङ ५ हजार ४ सय ३ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत ल्याएर पराजित बने ।
त्यस्तै उपप्रमुखमा विजयी बनेकी कांग्रेस उमेदवार देवकोटाले ४ हजार ८ सय ४ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी पूर्णकुमारी ढकालले ३ हजार ९ सय २ मत ल्याइन् ।