महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याएपछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ । गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । उनले विजय उत्सव समेत मनाइसकेका थिए ।
https://www.tvannapurna.com/66343/2022/05/19/
तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए । उनी गोला प्रथाबाट विजयी भएका हुन् ।
https://www.tvannapurna.com/66290/2022/05/19/