काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरनारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार ईश्वर नारायणले निकटतम प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।मानन्धरले ८ हजार ७२३ मत ल्याउँदा एमालेका चौलागाईले ७३०१ मत मात्र पाए ।
यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्नेतले जितेकी हुन् । कमलाले ७२६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६ हजार ९२१ मत मात्र पाइन् ।