नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ०१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















