कर्जाको ब्याजदर फेरि बढेको छ । कात्तिक १ गते (आज) देखि बैंक कर्जाको ब्याजदर बढ्को हो। निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ । बैंकर्स संघले यसअघि बैठक बसेर कात्तिकमा ब्याजदर नबढाउने र पुरानैलाई कामय गर्ने निर्णय गरेसँगै बचतको ब्याज नबढेको हो ।
बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । यसैगरी रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । उक्त ब्याजदर असोजमा बढाएर १२.१३३ र १०.१३३ प्रतिशत पुर्याइएको थियो ।
यस्तै साधारण बचतमा ६.०३ प्रतिशत न्युनतम र ८.०३ प्रतिशत अधिकतम ब्याजदर रहेकोमा असोजमा न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशत तथा रेमिट्यान्स बचतमा १.१३३ प्रतिशत ब्याजदर पुर्याइएको थियो । बैंकर्स संघमा भद्र सहमति भएर कात्तिकको लागि पनि बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिएका छन् ।
बैंकहरुले व्याज बढाउने भएसँगै कात्तिकमा कर्जा लिने ऋणीले सवा १८ प्रतिशतभन्दा ब्याज तिनुपर्ने भएको छ ।
बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा बढेर १८.२८ प्रतिशतसम्म पुगेको छ ।
अहिले वाणिज्य बैंकहरुको औषत आधारदर ९.९२ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर हुनेमा १० वटा बैंक रहेका छन् । बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ ।
बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको नयाँ ब्याजदरमा एभरेष्ट बैंकको आधारदर ९.२५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४५, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१३, कृषि विकास बैंकको ९.२७, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, सिद्धार्थ बैंकको ९.८५, नेपाल बैंकको ८.९१, प्रभु बैंकको ९.६२ र नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ ।
बाँकी बैंकको आधारदर औषतभन्दा निकै बढी रहेको छ । सबैभन्दा बढी आधारदर सिभिल बैंकको रहेको छ । बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । सिभिलबाट कर्जा लिँदा अधिकतम १८.१५ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै बैंक अफ काठमाण्डूको आधारदर १०.२८ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ८ प्रतिशत थपेर १८.२८ प्रतिशत ब्याज तिर्नुपर्ने छ । सबैभन्दा कम ब्याज सरकारी स्वामित्व रहेका बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम थपिने छ ।
बैंकले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदर अनुसार कृषि विकास बैंकबाट कर्जा लिँदा १४.२७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर ९.२७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ ।
यस्तै नेपाल बैंकबाट कर्जा लिँदा १४.४१ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.९१ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिने छ ।
एभरेष्ट बैंकबाट कर्जा लिदाँ अधिकतम १६.२५ प्रतिशकत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.२५ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने छ ।
यस्तै एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.८३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३३ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने छ ।
नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६.०६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०६ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ ।
एनसीसी बैंकबाट कर्जा लिँदा १७.५२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने छ ।
कुमारी बैंकबाट कर्जा लिँदा १७.३७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिने छ ।
यस्तै माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.८७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३६ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने छ ।
हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.४५ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ ।
सनराइज बैंकबाट कर्जा लिँदा १७.८१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.१३ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपसहित सहित १६.१३ प्रतिशत ब्याज लाग्नेछ ।
यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.७५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७५ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १६.१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.१ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
लक्ष्मी बैंकबाट कर्जा लिँदा १६.३१ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३१ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ ।
मेगा बैंकबाट कर्जा लिँदा १७.४६ प्रतिशत ब्याज लाग्नेछ । अहिले बैंकको आधारदर १०.४६ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।
यस्तै सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.८५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने छ ।
सानिमा बैंकबाट कर्जा लिँदा १७.०४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
प्रभु बैंकबाट कर्जा लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.६२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ६.९९ प्रतिशत प्रिमियम थपिनेछ ।
यस्तै एनएमबी बैंकबाट कर्जा लिँदा १६.२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
नलिब बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।












