दुल्लु – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि उल्लेख्य काम गरेको दाबी गरेका छन्।
आज दैलेखको दुल्लुमा सम्पन्न सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मुलुकको शान्ति र समृद्धिका लागि काँग्रेसले धेरै काम गरेको बताएका हुन्। चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आह्वान गरे।
देउवाले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा दुईपटक संसद् विघटन गरेर प्रतिगमन गरेको बताए।















