काठमाडौँ – भूमिहीन सुकुमबासीहरूले राजधानीमा विशाल र्याली प्रदर्शन गरेका छन् । भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर–टहरा जबर्जस्ती हटाउन पटकपटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्याली निकालेको र्यालीका सहभागीले जनाएका छन् ।
र्याली काठमाडौंको माइतीघर क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढेको थियो । र्यालीपछि अहिले कोणसभा चलिरहेको छ ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, अव्यवस्थित सुकुमबासी संघ, सुकुमबासी व्यवस्थापन संघ, भूमिहीन सुकुमबासी संगठन, नेपाल लोकतात्रिक सुकुमबासी संघलगायत भूमिहीन सुकुमबासीका पक्षमा काम गर्ने विभिन्न २४ संघसंस्थाले र्याली निकालेका हुन् ।















