चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । उनको टिकट काटिएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।
सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका हुन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका थिए ।चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।
४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए । उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।













