देउवा र प्रचण्डका कारण गठबन्धन टुट्यो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् ।

बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

‘नेपाली कांग्रेसभित्रको केही कमीकमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति पनि हो’ उनले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुनसकेन, दुर्भाग्य भयो ।’