काठमाडौँ – काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी हटाउन गृह मन्त्रालयको सहयोग मागेको छ । महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै गृहमन्त्रालयलाई पत्र लेखेको छ ।
काठमाडौं महानगरले अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएको थियो। तर स्थानिय विरोधमा उत्रिएपछि हटाउन सकेन। महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ।
‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन,’ पत्रमा उल्लेख रहेको छ, ‘थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’















