झलनाथ र उपेन्द्रबीच भेटवार्ता

काठमाडाैं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको बताएको छ ।

यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको खनालले बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी र जसपा सहभागी नभएकाले एउटा समझदारी बनाएर जाने विषयमा खनाल र यादवबीच छलफल भएको बताएको छ । जसपाले प्रचण्डलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन ।