बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर आफ्नै साथीको मृत्यु भएको छ । सिन्धुली जिल्लाको घ्यालेख गाउँपालिका बस्ने २४ वर्षीय धनराज घलानको आफ्नै साथीले हानेको गोलीले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कान्छामान घलानले मकैबारीमा बाँदरलाई भनि पड्काएको भरुवा बन्दुकले धनराजको बाया कोखामा गोली लागि गम्भिर घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानियलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाका अनुसार दुई नाल भरुवा बन्दुकसहित बन्दुक पड्काउने कान्छामानलाई पक्राउ गरिएको छ ।












