काठमाडाैँ- नेपालका लागि आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा विदुषी राणा नियुक्ति भएकी छन्। अवैतनिक वाणिज्यदूतमा विदुषी नियुक्त भएको उत्सवमा काठमाडौंमा एक समारोह आयोजना गर्दै आइसल्याण्डका लागि नेपाली दूतावासको उद्घाटन गरिएको थियाे।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए। उक्त कार्यक्रममा नव नियुक्त वाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक तथा प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
कार्यक्रममा आइसल्याण्डका राजदूत गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने बताए।
कार्यक्रममा संसद् सदस्यहरू, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विभिन्न राजदूतहरूको उपस्थिति रहेको थियो। यस्तै नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
काठमाडौंमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल – आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सङ्केत गरेको जनाइएको छ।