म्याग्दीको बेनीमा अपांगता भएकी किशोरीलाई बलात्कार गरेको आरेपमा एक युवक पक्राउ परेका छन् । बनी नगरपालिका–५ पुलाचौरकी १६ वर्षीया किशोरीलाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा स्थानीय २० वर्षीय सोहन छिनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जन्मजात रुपमा राम्रोसँग बोल्न नसक्ने र फरक मानसिक अवस्थाकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवालाई जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट दश दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए ।















