नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको ओपन हार्ट सर्जरी गर्ने तयारी छ । नेपालमा छँदै एक साताअघि मुटुमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीमा मुटुमा समस्या देखिएपनि उनी घुमघामका लागि गएका थिए ।












