प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । आउँदो शनिबार बस्ने गरी बैठक बोलाइएको दलले बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले गत असार १७ गते नेकपा (एमाले) सँग समीकरण गर्दै सरकार बनाउनेलगायत सहमति गरेको थियो । उक्त सहमतिलाई बुधबारको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ ।
एमालेसँग भएका सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे संसदीय दलमा छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।