एसीसी यू–१९ एसिया कप : बंगलादेशलाई नेपालले दियो १४२ रनको लक्ष्य

एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसामु जितका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यूएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोली ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो ।

ओपनर आकाश त्रिपाठीले बनाएको ४३ रन नै नेपालका लागि सर्वाधिक रह्यो । उनले ७७ बलमा ५ चौका प्रहार गरे । विकेटकिपर उत्तम थापा मगर २९ रन बनाउँदा रनआउट भए । अविशेक तिवारीले २९ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशका लागि मोहम्मद रिजन हुसैन, मोहम्मद अल फहाद र मोहम्मद इकवाल हसन इमोनले समान २ विकेट लिए । साद इस्लाम रजिन, राफी उज्मान राफी र अजिजुल हाकिमी तमिमले समान एक विकेट आफ्नो नाममा गरे ।

बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।