बसन्तपुरमा क्यान्सरसम्बन्धी जनचेतना मुलक कार्यक्रम

काठमाडौँ – मनमोहन मेमोरियल कलेजका विद्यार्थीहरुले जनचेतना मुलक कार्यक्रम गरि विश्व क्यान्सर दिवस मनाएका छन् । दिवसको अवसरमा शनिबार सार्वजनिक स्वास्थ्यमा स्नातक अध्ययनरत विद्यार्थीहरुले बसन्तपुरमा जनचेतामुलक कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमको मुल नारा ‘ हेरचाह अन्तर बन्द गर्नुहोस्’ रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले क्यान्सरका प्रकार,क्यान्सरका लक्षण , साथै उक्त रोगबाट बच्ने उपायहरुको बारेमा जानकारी दिए । आउने दिनहरुमा पनि समाजमा रहेका मानिसहरुमा यस्तै जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्ने आयोजकको तर्फबाट विद्यार्थी कुसुम तिम्सिनाले बताईन् । कार्यक्रममा सर्वसाधरणहरुको बाक्लो उपस्थीति थियो ।