त्रिभुवन विमानस्थलमा अध्यागमनको सर्भर डाउन, अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ।

करिब पौने १२ बजेदेखि सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन्। अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृह मन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरे पनि समाधान नभएको कर्मचारीको गुनासो छ।

सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकाले उडान प्रभावित भएको विमानस्थल स्रोतले बताएको छ।