गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा ९०० र चाँदी ६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला एक लाख ९५ हजार ५०० कायम भएको छ । यस्तै एक तोला चाँदीको मूल्य दुई हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।














