इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ओमानको सोहर प्रान्तस्थित अल–अवाही औद्योगिक क्षेत्रमा ड्रोन खस्दा उक्त घटना भएको हो। ड्रोन खस्दा दुई आप्रवासी कामदारको ज्यान गएको जनाइएको छ।
घटनापछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चासो बढे पनि ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सबै नेपाली सुरक्षित रहेको जानकारी दिएका छन्।
“दुईजना आप्रवासी कामदारको मृत्यु भएको भन्ने समाचार आएको छ। हामीले बुझ्दा घटना भएको क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,” राजदूत अर्यालले बताएका छन्।















