नेकपा (एमाले) को संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ। बुधबार एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सर्वसम्मतिमा नेता चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनमार्फत दलको नेता छान्ने निर्णय गरिएको हो।
संसदीय दलको नेता चयनका लागि एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरेको छ। कमिटीले आवश्यक प्रक्रिया अघि बढाउँदै चुनावको तयारी सुरु गरेको बताइएको छ।
यसअघि रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेता बनाउने तयारी भएको थियो। तर सुहाङ नेम्वाङले पनि दाबी गरेपछि सहमति जुट्न नसकी चुनावको अवस्था बनेको हो।















