दक्षिणकालीमा कार दुर्घटना, ७ सय मिटर तल खस्दा एकको मृत्यु

Image

काठमाडौँको दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौँ बस्ने ३४ वर्षीय सुरज खड्का को मृत्यु भएको हो।

हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दक्षिणकाली–८ रानीडाँडा, केरावारी–सितचोक नजिकै सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

कार करिब ७ सय मिटर तल खसेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।