सामान्य विवादमा कुटपिट गरी प्रहरी जवानको हत्या

Image

वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् ।

सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा कार्यरत रहेका चौरसिया हाल बिदामा घर आएका २७ वर्षीय प्रहरी जवान रहेका छन् । पर्सा प्रहरीका अनुसार उनलाई केही युवकहरूको समूहले लक्षित गरी आक्रमण गरेका थिए । चौरसियामाथि आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए ।

सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा कुटपिटबाट चौरसियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोपमा तीन पुरुष र एक महिलालाई प्रहरीले नियन्त्रणमा छन् ।