अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नो ट्रूथ सोसल मार्फत इजरायलको प्रशंसा गरेका छन्। उनले लेखेका छन्, “मानिसहरूले इजरायललाई मन पराए पनि वा नपराए पनि, उनीहरूले संयुक्त राज्य अमेरिकाको एक उत्कृष्ट सहयोगी भएको प्रमाणित गरेका छन्।”
उनले इजरायललाई “साहसी, दृढ, वफादार र बुद्धिमान” भन्दै प्रशंसा गरे। साथै उनले अन्य देशहरूतर्फ संकेत गर्दै तनाव र द्वन्द्वको अवस्थामा केहीले आफ्नो वास्तविक स्वरूप देखाएको आरोप लगाए, जबकि इजरायल “कडा रूपमा लड्ने र जित्न जान्ने” देश भएको बताए।
ट्रम्पले इजरायललाई लेबनानमाथि बमबारी नगर्न चेतावनी दिँदै “अब पर्याप्त भयो” भनेको एक दिनपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।















