घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गएराति आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ ।
सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेलधुराको आलिताल गाउँपालिका गांङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो ।
लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
















