गुल्मीको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी क्षेत्रस्थित ठूला खोलाको बगरमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । १२ वैशाख बिहान करिब ७ बजे घरबाट अमला टिप्न जान्छु भन्दै हिँडेका ८७ वर्षीय नेरुप्रसाद घिमिरे घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजतलास गरेका थिए।
खोजीका क्रममा उनलाई भोलिपल्ट १३ वैशाख बिहान करिब ८ बजे खोलाको बगरमा घोप्टो अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हस्तिचौरबाट प्रहरी हवल्दार राधेश्याम यादवको कमाण्डमा दुई जनाको टोली खटिएको थियो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा टोली खटिएको छ।
















