अहिलेसम्म ५४७ सुकुम्बासी परिवारले टिपाए नाम

Image

काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती हटाइएपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउनेको संख्या ५४७ पुगेको छ। बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले स्थापना गरेको छुट्टाछुट्टै डेस्कमा आइतबार साँझसम्म उल्लेखित संख्यामा परिवारले विवरण बुझाएका हुन्।

तथ्यांक अनुसार, बागमती सभ्यता समितिमा २१७ र उपत्यका विकास प्राधिकरणमा ३३० परिवारले नाम टिपाएका छन्। प्राधिकरणमा दर्ता भएकामध्ये २१८ परिवारको विवरण रुजु भइसकेको छ। थापाथली, शान्तिनगर, गैह्रीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी परिवारहरू सम्पर्कमा आएका छन्।

रंगशालाको पश्चिमी कुनामा डेस्क राखेर फारम भराउने काम भइरहेको छ भने काठमाडौं महानगरपालिकाको समन्वयमा उनीहरूलाई खाना र स्वास्थ्य परीक्षणको समेत व्यवस्था मिलाइएको छ।