राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । आइतबार (वैशाख २०) दिउँसो पार्टी केन्द्रीय कार्यालय चःमतीमा बैठक बसेको हो ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, बैठकका तीन एजेन्डा छन् । स्थानीय तहको उमेदवार छनोट रुपरेखा, महाधिवेशन कार्यविधि, संसदीय दलको विधानलगायत एजेन्डा रहेका उनले जानकारी दिए ।













