कान्ति लोकपथ सञ्चालनमा

Image

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८, भरेङडाँडामा आइतबार (वैशाख २०) बिहान खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ । आइतबार दिउँसोदेखि दुईतर्फी यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं डीएसपी पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए ।

यस्तै, हेटौँडाबाट वीरगन्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।