राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’ छलफल कार्यक्रम हुने भएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे सुरु हुने उक्त छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुने जनाइएको छ।
आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै पार्टीभित्र धारणा समेट्ने उद्देश्यले रास्वपाले आफ्ना सांसदहरूका लागि ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बजेटका प्राथमिकता, क्षेत्रगत आवश्यकता तथा नीतिगत सुधारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।














