संवैधानिक परिषदको बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज अपराह्न बैठक सुरू भएको हो।
संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दल नेता र कानुन मन्त्री छन्।
सबै सदस्यहरू उपस्थित भएपछि संवैधानिक परिषद बैठक सुरू भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।













