अमेरिकाबाट नेपाल फर्किँदै गर्दा जहाजमा अचेत भेटिएका ७३ वर्षीय मरहट्टाको मृत्यु

Image

अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक व्यक्तिको मृत्यु भएको छ। टर्किस एयरलाइन्सको जहाजमार्फत नेपाल फर्किएका गोरखाका ७३ वर्षीय श्यामहरि मरहट्टाको मृत्यु भएको हो ।

आज बिहान अवतरण गरेको जहाजमा उनी अचेत भेटिएका थिए । उनलाई तत्काल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले जानकारी दिए ।

उनका अनुसार महरहट्टा अमेरिकाबाट श्रीमतीसँगै नेपाल आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मुचुल्का गरी शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

मृतकको मेडिकल पृष्ठभूमि लगायत अन्य विषय खुल्न बाँकी रहेको विमानस्थलका प्रवक्ता कुमारले बताए ।